दफा ७३
थप सुरक्षण मागेको व्यहोरा प्रमाणित गराई लिन सकिने
विनिमेयपत्रको भुक्तानी अवधि पूरा हुनु अगावै विनिमेयपत्र स्वीकार गर्ने व्यक्ति ऋण तिर्न नसकी साहूको दामासाहि परेमा धारकले मनासिब समयभित्र नोटरी पब्लिक समक्ष उजूर गरी निजबाट थप सुरक्षण माग्न लगाउन सक्नेछ । यसरी थप सुरक्षण माग्दा नदिएमा मनासिब समयभित्र नोटरी पब्लिकबाट सो कुरा प्रमाणित गराइ लिनुपर्नेछ ।